प्रचण्ड–नेपाल नेतृत्वजको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू युद्धको पनि कमान्डर भएका कारण सचेत रहन चेतावनी दिएका छन्।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्णनमा प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याउने चेतावनी दिएका हुन्।
आफू भावकु खालको र फकाए फकिने स्वभाको भए पनि यद्धको पनि कमान्डर भएका कारण कठोर हुनुपर्ने समय आएभित्तामा पुर्याइदिने चेतावनी दिएका हुन्।
‘म अलि भावुक खालको छु, फकायो भने फकिहाल्छु’, उनले भने, ‘म युद्दको पनि कमान्डर पनि थिएँ। कठोर हुने अवस्था आयो भने फेरि भित्तामै पुर्याउँछु।’
अध्यक्ष प्रचण्डले ओलीले वैशामै पार्टी फुटाउने तयारी गरे पनि आफूले जोगाएको दावी गरे। उनाले आफूले कार्यदल बनाएर ओलीलाई पुटमा जानबाट रोकेको बताए।
‘निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराउनुभयो। डाँडाको बीचको भएको सूर्य चिह्न भयो। मैले कार्यदल बनाएर पार्टी फुटाउन दिइनँ’, अध्यक्ष प्रचण्डले भने।
उनले सचिवालय, स्थायी समिति केन्द्रीय समिति सबैतिर अल्पमतमा परेपछि ओली बैठक छलेर भाग्दै हिँडेको आरोप समेत लगाए। उनले ओलीकै कारण पार्टीमा पटक पटक संकट आउँदा पनि पार्टी जोगाउनका लागि आफू र माधव नेपालले अपमान समेत सहेको बताए। उनले ओलीले बैठकका निर्ण नमान्दा समस्या उत्पन्न भएको बताए।
उनले भने, ‘पार्टीको बैठकमा पनि नआउने, पार्टीको कुनै निर्णय पनि नमान्ने भएपछि पार्टीमा संकट आयो।’अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहलाई विश्वसमा लिन नसकेर आफूलाई खेलेको भन्ने आरोप लगाए। उनले अध्यक्ष प्रचण्डले ओलीलाई आफ्नो अनुहार ऐनामा हेर्न सुझाब समेत दिए।
‘पूर्व एमालेमा मैले खेलेँ भन्नुहुन्छ उहाँले। म के भन्छु भने ५० वर्षदेखि काम गरिरहेका, कोहीले १५ वर्षदेखि गरेका, कोहीले १० वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री भइसकेका। देशको राजनीतिक रुपमा स्थापित व्यक्तिवलाई तपाईं ५० वर्षदेखिसँगै हुनुहुन्थ्यो’, उनले भने, ‘तपाईंले विश्वासमा लिन नसक्ने, भर्खरै एकता गरेको प्रचण्डले सजिलै विश्वासमा लिन सक्ने कसरी भयो?’
प्रतिक्रिया