राजनीति


जम्मु–कास्मिरको स्वायत्तता खारेज भएलगत्तै दार्जिलिङमा फेरि उठ्यो छुट्टै राज्यको माग

जम्मु–कास्मिरको स्वायत्तता खारेज भएलगत्तै दार्जिलिङमा फेरि उठ्यो छुट्टै राज्यको माग

शैलेन्द्र समदर्शी
साउन २३, २०७६ बिहिबार १३:०,

गोर्खाल्यान्ड आन्दोलनकै कारण हाल भूमिगत अवस्थामा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले आफूहरूको एक मात्र लक्ष्य गोर्खाल्यान्ड रहेको बताएका छन्।

बिहीबार नेपालखबरसँग विशेष कुराकानी गर्दै अध्यक्ष गुरुङले भारत सरकारले गोर्खाल्यान्ड निर्माणका लागि ठोस निर्णय लिने कुरामा आफू आशावादी रहेको बताएका छन्।

 ‘हाम्रो एक मात्र लक्ष्य गोर्खाल्यान्ड हो’, उनले भने, ‘राष्ट्रिय सुरक्षाका खातिर पनि गोर्खाल्यान्डको गठन आवश्यक छ। भारत सरकाले यसबारे उपयुक्त निर्णय लिने कुरामा हामी विश्वस्त छौं।’

भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरलाई स्वायक्त राज्यबाट हटाएर दुईवटा केन्द्रशासित प्रदेश बनाउने निर्णय लिएलगत्तै दार्जिलिङमा पुनः छुट्टै राज्यको माग उठ्न थालेको छ।

मधुरो स्वरमा उठेको यो माग तर अहिले खुम्चिएर केन्द्रशासित प्रदेश र दार्जिलिङ –सिक्किम एकीकरणमा झरेको छ। ‘हाम्रो माग केन्द्रशासित प्रदेश र दार्जिलिङ–सिक्किम विलय होइन’, अध्यक्ष गुरुङले थपे, ‘हामीले मागेको छुट्टै राज्य हो। हामी पूर्ण राज्य चाहन्छौं।’

बिमल गुरुङ पछिल्लो गोर्खाल्यान्ड आन्दोलनदेखि भूमिगत अवस्थामा छन्। भूमिगत अवस्थाबाटै उनले समय समयमा गोर्खाल्य़ान्डको माग उठाउँदै आएका छन्। छुट्टै राज्य गोर्खाल्यान्डका लागि अन्तिम श्वाससम्म लड़्ने उनको प्रतिवद्धता छ।

‘भारतीय़ जनता पार्टीले दार्जिलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि प्रतिबद्धता जताएको छ। अहिले केन्द्रमा भाजपाकै सरकार छ’, विमलले थपे, ‘जम्मु–कस्मिरमाथि ऐतिहासिक र साहसिक निर्णय लिने भारत सरकारले गोर्खाल्यान्डमाथि पनि त्यस्तै निर्णय लिइदिउन्। हाम्रो माग छ।’

अध्यक्ष गुरुङले गोर्खाल्यान्ड चाहने दार्जिलिङ पहाड़का राजनीतिक दलहरू यतिबेला एकजुट हुनपर्ने बताए। उनले दार्जिलिङ–सिक्किम विलय र अन्य ससाना व्यवस्थाहरूको मुद्दामा भुलन छोड़ेर केबल गोर्खाल्यान्डका लागि गोलबद्ध हुन आह्वान समेत गरे।

‘हामी जुट्यौं भने जित्नेछौं’, उनले भने, ‘फुट्यौं भने फेरि हार्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .