राजनीति


महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण, देउवालाई किन समर्थन गरेको?

महन्थ ठाकुरले सोधे उपेन्द्र यादवलाई स्पष्टीकरण, देउवालाई किन समर्थन गरेको?

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १९:६,

 जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ।

पार्टीमा निर्णय नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा ठाकुरले यादवलाई प्रश्न गरेका छन्।

यस्तै ८ र ९ गतेको कार्यकारिणी बैठक आफूले स्थगित गर्दा एकल अध्यक्षता गर्दै किन राखिएको भन्दै स्पष्टीकरण सोधेका छन्।

ठाकुरले सोधेको स्पष्टीकरणमा यादवले पार्टी हित विपरित निर्णय लिएको आरोप लगाइएको छ। सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट दर्ता गरेको भन्दै आपत्ति जनाएका छन्।

आफ्नो जानकारी विपरित पार्टीको बैठक राखि लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गरेको विषयमा पनि ठाकुरले स्पष्टीकरण मागेका छन्।

पार्टी एकता भएदेखि नै जिल्लामा गुटगत बैठक, भेला राखेको तर समायोजनमा रूचि नदेखाएको ठाकुरको आरोप छ।

ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनेका छन्।

यता जनता उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुर लगायत चार नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।

पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको र प्रतिगमनलाई साथ दिएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही सुरु गरेको हो।

उपेन्द्र पक्षले पनि कारबाहीको पहिलो चरणमा चारै जना नेतालाई स्पष्टीकरण सोधेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .