राजनीति


उपेन्द्र यादवले महन्थ ठाकुरलाई सोधे ९ बुँदे स्पष्टीकरण

उपेन्द्र यादवले महन्थ ठाकुरलाई सोधे ९ बुँदे स्पष्टीकरण

नेपालखबर
जेठ १२, २०७८ बुधबार ४:३१,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण सोध्दै पत्र पठाएका छन्।

हालैका केही दिनहरुमा ठाकुरको काम कार्बाही र क्रियाकलापहरु पार्टीको नीति विधि विपरित भइरहेको भन्दै स्पष्टीकरण मागिएको पत्रमा उल्लेख छ

पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कार्बाही सम्वन्धी व्यवस्थाअनुसार उक्त प्रष्टीकरण सोधिएको हो। ठाकुरलाई तीन दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ। चित्तबुझ्दो जवाफ नआएमा कार्बाहीको चेतावनी दिएको छ।

९ बुँदामा सोधिएको प्रष्टीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै प्रश्न गरिएको छ।
पार्टीको कार्यकारिणी बैठकमा अनुपस्थित हुने तर आफ्ना समर्थकको बैठक बोलाएर गुटबन्दी गरेको आरोप ठाकुरलाई छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हुँदा हुँदै किन छुट्टै कार्यालय संचालन गरिएको भन्दै स्पष्टीकरणमा मागिएको छ।

पार्टीको निर्णय विना निर्वाचन आयोग, राष्ट्रपति कार्यालयमा किन पत्र पठाइएको भन्दै ठाकुरसँग यादवले जवाफ मागेका छन्।
जेठ ३ गते जारी संयुक्त विज्ञप्तिको पालना नगरेकोमा पनि ठाकुलाई प्रश्न सोधिएको छ।

पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरि संघीय संसदलाई पत्र पठाएको भन्दै उनीसँग जवाफ मागिएको छ।

पार्टीको आधिकारिक निर्णय विना सरकारसँग वार्ता गर्ने भन्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई सरकारी कार्यदलसँग वार्ता गर्न पठाएको बारे पनि यादवले ठाकुरसँग सोधेका छन्।

पार्टीलाई आफ्नो पकेट बनाउने र स्वेच्छाचारीता लाद्ने काम ठाकुरबाट भएको उक्त पत्रमा आरोप छ।

पत्रमा पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले तपाईंमाथि पार्टी विधानको धारा ४९ बमोजिम अनुशासनको कार्बाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ।

यस्तै राजेन्द्र महतोसँग ६ बुँदे, लक्ष्मणलाल कर्णसँग ५ बुँदे, सर्वेन्द्रनाथ शुक्लसँग ५ बुँदे स्पष्टीकरण सोधिएको छ।

यस अघि ठाकुरले यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए।

latter mahantha1

latter mahanta 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .