राजनीति


कोरोना खोपका लागि विभिन्न देशसँग गुहार माग्दै राष्ट्रपति, बेलायतकी महारानीलाई पठाइन् पत्र

कोरोना खोपका लागि विभिन्न देशसँग गुहार माग्दै राष्ट्रपति, बेलायतकी महारानीलाई पठाइन् पत्र

नेपालखबर
जेठ १७, २०७८ सोमबार ०:२१,

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई पत्र पठाएकी छन्।

त्यो पत्र बेलायतको विदेश मन्त्रालयमा आइतबार बुझाइएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

UK patra

राष्ट्रपति भण्डारीले आइतबारै रुसका समकक्षी भ्लादिमिर पुटिनलाई पनि कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएकी छन्।

यसअघि राष्ट्रपतिले अमेरिकाका राष्ट्रपति जो बाइडेन र भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना खोपकै सहायता माग गर्दै पत्र पठाइसकेकी छन्।

यस्तै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई पनि टेलिफोन गरेर कोरोना खोप सहयोग गर्न आग्रह गरेकी थिइन् भने लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .