राष्ट्रको कार्यकारी प्रधानमन्त्री हुँदाहुँदै आलंकारिक राष्ट्रपतिले विभिन्न देशसँग खोप सहयोग माग्नु गलत हो भनेर आलोचना भइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिवाद गरेका छन्।
उनले राष्ट्रपतिबाट खोपका लागि पहल हुनु सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशीले छ भन्ने कुरोको प्रमाण भएको दाबी गरेका हुन्।
बिहीबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपतिको तहबाट भ्याक्सिनका लागि कूटनीतिक पहल हुनु जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको प्रमाण हो। सफलता मिलोस्।’
प्रतिक्रिया