परराष्ट्रमन्त्री पदबाट शुक्रबार हटाइएमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पदमा रहँदा आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको दाबी गरेका छन्।
पदबाट हटेपपछि शुक्रबार राति धन्यवाद तथा आभार वक्तव्य जारी गर्दै उनले अहिले आफ्नो खातामा जम्मा ७ लाख ४१ हजार ७७५ रुपैयाँ जम्मा भएको जानकमारी दिएका हुन्।
करिब ३ वर्ष मन्त्री पदमा रहँदा आफूले विदेश भ्रमण भत्ताको लेभी र पारिश्रमिकबापतको लेभी गरेर पार्टीको खातामा ९ लाख ३४ हजार ९३० तथा पारिश्रमिकको करबापत सरकारको खातामा ३ लाख ७३ हजार ४९१ रुपैयाँ जम्मा गरिएको जानकारी उनले दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा ज्ञवाली सत्ताबाट बाहिरिएका हुन्।
सरकारमा रहँदा आफूले प्रयोग गर्ने गरेको सवारीसाधन र ल्यापटपसमेत आफूले पदबाट हट्नासाथ शुक्रबारै सरकारलाई बुझाएको उनले बताएका छन्। साथै पुल्चोकस्थित सरकारी निवास पनि आज शनिबार बिहान छाड्ने जानकारी उनले दिएका छन्।
हेर्नुहोस्, पूर्व परराष्ट्रमन्त्री ज्ञवालीको वक्तव्य :
प्रतिक्रिया