राजनीति


बागमतीकी नवनिर्वाचित उपसभामुख चापागाईंले खाइन् शपथ

बागमतीकी नवनिर्वाचित उपसभामुख चापागाईंले खाइन् शपथ

नेपालखबर
माघ ३, २०७९ मंगलबार १२:०, हेटौँडा

बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले पद तथा गोपनीयताको शपथ खाएकी छन्।

नवनिर्वाचित उपसभामुख चापागाईंलाई आज सभामुख भुवन पाठकले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

सोमबार प्रदेशसभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं उपसभामुखमा विजयी भएकी हुन्। 

तीनजनाको उम्मेदवारी दर्ता भएकामा चापागाईंले ६१ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्।

निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिक प्रदेश सांसद हुन्।

उनले एमालेका २७, माओवादीका २०, राप्रपाका १२ र हाम्रो नेपाली पार्टीका २ सांसद गरी ६१ जनाको मत पाइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .