राजनीति


चितवन २ को मतगणना सुरु, इच्छाकामना १ र ३ को गनिँदै

चितवन २ को मतगणना सुरु, इच्छाकामना १ र ३ को गनिँदै

चितवन २ को मत गन्न थालिँदै। तस्बिर : सुनिता विष्ट/नेपालखबर


सुनिता विष्ट
बैशाख ११, २०८० सोमबार १४:२५, चितवन

चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। 

दुई दिन लामो विवादपछि आइतवार दिउँसो २ बजेदेखि मतगणना थालिएको हो। यसअघि सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मत गन्ने निर्णय लिएको थियो।

अहिले निर्वाचन अधिकृतको कार्यालयले इच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाबाट मतगणना सुरु गरेको हो। 

निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ। 

यसअघि त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनबीच विवाद भएको थियो। 

गठबन्धनले चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नै रास्वपा सभापति रवि लामिछानेलाई जिताउन लागेको आरोप लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .