ad ad

राजनीति


बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज

कांग्रेसले अझै सार्वजनिक गरेन मन्त्री बन्नेको नामावली
बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज

नेपालखबर
साउन ९, २०८१ बुधबार ७:४२, हेटौँडा

बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदैछ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाको शपथ आज हुन लागेको हो। यससँगै एमालेका र कांग्रेसबाट १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुने छ।

जसका लागि एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालय र मन्त्रीहरुको नाम मंगलबार नै टुङ्ग्याइसकेको छ। 

एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास, शुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन, कुमार मास्केलाई भौतिक पूर्वाधार, कृष्ण सिलवाललाई वन तथा वातावरण र प्रेमभक्त महर्जनर्ला श्रम रोजगार तथा यातायातमन्त्री बनाउने तयारी गरेको छ। 

नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय परेको छ। 

काङ्ग्रेसले भने मङ्गलबार मध्यरातमा आफ्ना मन्त्रीहरूको नाम टुङ्गो लगाए पनि हालसम्म नाम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .