राजनीति


सप्तरी १ मा पनि सीके राउतको पार्टी अगाडि, कांग्रेस दोस्रो

सप्तरी १ मा पनि सीके राउतको पार्टी अगाडि, कांग्रेस दोस्रो

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:५५, काठमाडौँ

सप्तरी क्षेत्र नम्बर १ मा पनि सीके राउतको जनमत पार्टीले अग्रता लिएको छ। सप्तरी १ को प्रतिनिधिसभामा जनमत पार्टीका उम्मेदवार जय कान्त राउतले अग्रता लिएका छन्। 

उनले २ सय ३८ मतसहित अग्रता लिएका हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका रामदेव साह(तेली) ले २ सय १४ मत प्राप्त गरेका छन्। 

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी तेस्रो भएको छ। नागरिक उन्मुक्ति पार्टीका टिकालक्ष्‍मी चौधरी २ सय १ मत प्राप्त गरेका छन्। 

त्यस्तै, जनता समाजवादी पार्टीका नवल किसोर साह सुडीले १ सय ७८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .