राजनीति


सिन्धुपाल्चोक प्रदेशसभा १ (२) : माओवादीका पौडेल विजयी

सिन्धुपाल्चोक प्रदेशसभा १ (२) : माओवादीका पौडेल विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ६:८, काठमाडौँ

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ (२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार २५६ मतसहित विजयी भएका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन्।

सिन्धुपाल्चोक –२, प्रदेशसभा (१) मा पनि माओवादी केन्द्रका युवराज दुलाल  विजयी भएका छन्।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको जिल्लामा १ प्रतिनिधिसभा र ३ प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस एक र माओवादी केन्द्रले तीन गरी चार उम्मेदवार विजयी भई सकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .