ad ad

राजनीति


एमाले छाडेका प्रभु साह सात हजार मतान्तरसहित निर्वाचित

एमाले छाडेका प्रभु साह सात हजार मतान्तरसहित निर्वाचित

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १९:२५, काठमाडौँ

रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह विजयी भएका छन्। अन्तिम समयमा एमालेको टिकट परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका साह कल चुनाव चिह्न लिएर चुनावी मैदानमा थिए। 

उनले  अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवाललाई करिब ७ हजार मतले पराजित गरेका हुन्। 

एमाले छाडेपछि कांग्रेस र माओवादीको साथ लिएका साहले विजयी हुने क्रममा ३२ हजार ४३७ मतसहित विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी माछा चुनाव चिह्नका अग्रवाल २५ हजार २०० मतमा समेटिए। त्यस्तै माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत ल्याएका छन्। 

एमाले छाडेर स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो। 

सत्तारुढ गठबन्धनले केन्द्रमा प्रभु साहलाई समर्थन गरे पनि माओवादी केन्द्रका उम्मेदवार रवीन्द्र पटेलले उनलाई सघाएका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .