राजनीति


धनुषा–४ : रघुबीर महासेठभन्दा ९५ मतले महेन्द्र यादव अगाडि

धनुषा–४ : रघुबीर महासेठभन्दा ९५ मतले महेन्द्र यादव अगाडि

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ७:४७, काठमाडौँ

धनुषा क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत सुदिप कुमार दंगालका अनुसार त्यहाँ अब एउटा वडाको मात्र मतगणना बाँकी छ। 

दंगालका अनुसार अहिले नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवले ३१ हजार १ सय १६ मत प्राप्त गरेको उनले बताए। 

उनलाई एमाले उम्मेदवार रघुबीर महासेठले पछ्याइरहेका छन्। उनले ३१ हजार २१ मत प्राप्त गरेको दंगालले नेपालखबरलाई बताए। उनीहरुबीचको ९५ मतको अन्तर छ।

जनता समाजवादी पार्टीका उम्मेदवार महाजन यादवले ५ हजार १ सय ९४ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .