ad ad

राजनीति


सुनसरी ३ : सबै मत गनिनसक्दै भगवती चौधरीको जित निश्चित

सुनसरी ३ : सबै मत गनिनसक्दै भगवती चौधरीको जित निश्चित

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १२:१८, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ३ मा पूरा मत गनिनसक्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको जित पक्का भएको छ।

अहिले सुनसरी ३ प्रतिनिधसभा प्रत्यक्षतर्फ बर्जु गाउँपालिका ४ को सबै मतगणना भइसकेको छ। यद्यपि निर्वाचन अधिकृतको कार्यालयले यसको आधिकारिक जानकारी दिइसकेको छैन।

बर्जु गाउँपालिका ४ को सबै मत गनिसक्दा अहिले एमालेकी भगवती चौधरीले ३७ हजार ४२० मतसहित अग्रता बनाएकी छन्। 

त्यहाँ यसअघिका दुईवटा चुनावमा चौधरीलाई हराएका कांग्रेस नेता विजय गच्छदारले ३२ हजार १०१ मत ल्याएका छन्। 

अहिले यी दुईजनाबीचको अन्तर ५३ सय १९ मतको अन्तर भएको छ। अब अन्तिम मतदान केन्द्र बर्जु गाउँपालिका-५ को ४०११ गणना हुँदैछ। यस्तोमा गच्छदार ५३ सय १९ मतले पछि परेकाले अब यहाँ उनको हार निश्चित भएको छ। 

निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार मंगलबार मध्यान्हसम्म यहाँको अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .