राजनीति


सुनसरी ४ मा मतगणना थालिँदै, यी हुन् निर्णायक गाउँ र वडा

सञ्चारमन्त्री कार्कीलाई एमालेका कुसियैतको कडा चुनौती
सुनसरी ४ मा मतगणना थालिँदै, यी हुन् निर्णायक गाउँ र वडा

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १२:४४, काठमाडौँ

नेपाली कांग्रेसका उम्मेदवार एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्रीको निवेदनपछि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अहिले दिउँसो १ बजेदेखि सुरु हुँदैछ।

निर्वाचन आयोगले यो क्षेत्रमा दिनदेखि रोकिएको मतगणना अघि बढाउन सोमबार निर्देशन दिएको थियो। 

यो निर्देशनसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर अहिले मतगणना अघि बढाउन लागेको हो। 

मतगणना अघि बढ्ने भएसँगै यहाँ सञ्चारमन्त्री कार्की र उनलाई चुनौती दिइरहेका नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैयतको भविष्यलाई लिएर अड्कलबाजी सुरु भएको छ। 

यो क्षेत्रमा अब भोक्राहा नरसिंह गाउँपालिकाका दुई, कोशी गाउँपालिकाका दुई, हरिनगरका दुई वडाको भोट गन्न बाँकी छ।

यी तीनै पालिका एमाले उम्मेदवार जगदीश कुसियैतका प्रभाव क्षेत्रका रुपमा चिनिन्छन्। मत गन्न बाँकी कोशी गाउँपालिका वडा नम्बर ६ कुसियैतको घर भएको क्षेत्र हो। जहाँ उनको बलियो पकड रहेको छ।

अर्कातिर कार्की प्रभाव रहेको भनिएको बराहक्षेत्रका २ वडा र ९ नम्बर वडाको १ हजारमत गन्न बाँकी छ। 
बराहक्षेत्रबाट कार्कीले अग्रता कायमै राखेमा दक्षिणका गाउँपालिकाका आफूले अग्रता लिने विश्वासमा कुसियैत रहेका छन्। 

आयोगले मंगलबार कांग्रेस उम्मेदवार कार्कीले माग गरेअनुसार मतगणनास्थलको सीसी टीभी फुटेज हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

तीन दिनअघि मतगणना रोकिँदासम्म कार्की कुसियतभन्दा ९८ मतले अगाडि छन्। कार्कीले २३ हजार ४३९ मत ल्याउँदा कुसियतको पक्षमा २३ हजार ३४१ मत छ। 

यहाँ कांग्रेस उम्मेदवार कार्कीले पूरै मत सुरुदेखि गन्नुपर्ने मागसहित आयोगमा निवेदन दिएका थिए।

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुले एमालेका उम्मेदवार जगदीश कुसियतसँग मिलेर ६ सय मत गडबडी गरेको आरोप उनले लगाएका थिए।

कार्कीको मागअनुसार गनेर सिलबन्दी गरिसकेको मतपत्र खोल्न नसकिने आयोगले जनाएको थियो। तर आयोगले मतगणनास्थलको सीसी टीभी फुटेज हेर्न चाहे देखाउने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिसकेको छ।

६ सय मत गडबडी  गडबड गरिएको आरोप कार्कीले लगाएपछि सुनसरी ४ को मतगणना रोकिएको थियो। मतगणनालाई लिएर गणनास्थलमै कार्की र एमाले नेताहरुबीच तनाव भएको थियो।

त्यसपछि कार्कीले धाँधली गरिएको भन्दै गरेको पुनःमतगणनासम्बन्धी मागलाई आयोगले अस्वीकार गरिदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .