राजनीति


दोलखामा माओवादीका कार्की दोब्बर मतान्तरले अघि, शिवाकोटीको कति मत?

दोलखामा माओवादीका कार्की दोब्बर मतान्तरले अघि, शिवाकोटीको कति मत?

माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकाेटी।


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ९:४७, काठमाडौँ

दोलखाको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले दोब्बर बढी मतान्तरसहित अग्रता कायम राखेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म त्यहाँ ५ हजार ९ सय ७० मत गणना भएको छ। जसमध्ये सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन्। उनका निकटमत प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १८ सय मत प्राप्त गरेका हुन्। 

उनीहरुबीचको १८ सय १८ मतको अन्तर रहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय ३५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .