राजनीति


विश्वासको मत नपाएपछि ढल्यो एमाले नेतृत्वको लुम्बिनी सरकार

पक्षमा  ३३ र विपक्षमा ५३ मत
विश्वासको मत नपाएपछि ढल्यो एमाले नेतृत्वको लुम्बिनी सरकार

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १२:५३, रुपन्देही

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्।

गिरिको प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो। 

गिरिको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए। 

पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरिले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। 

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो।

गत चैत १२ गते गिरि नेतृत्वको लुम्बिनी सरकारलाई साथ दिएका माओवादी केन्द्र सहित ६ दलले समर्थन फिर्ता लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .