ad ad

राजनीति


एमाले बागमती : भित्र धमाधम मतदान, बाहिर नाराबाजी र नाचगान (तस्बिरहरू)

एमाले बागमती : भित्र धमाधम मतदान, बाहिर नाराबाजी र नाचगान (तस्बिरहरू)

एमालेको बागमती अधिवेशनको चहलपहल। तस्बिर : सरोज बैजु


सरोज बैजु
असोज १२, २०८० शुक्रबार १५:३९, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

झन्डै हप्ता दिनसम्मको उल्झनपछि शुक्रबार दिउँसो सवा १ बजेदेखि विद्युतीय मेशिनमा मतदान भएको हो।

सबैभन्दा पहिले अध्यक्षका प्रत्यासी कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरे। 

एमालेले मतदाताका लागि टोकन प्रणाली लागु गरेको छ। पहिले टोकन लिने १०० जनालाई पठाएपछि अरुलाई पठाउने गरिएको छ। 

एमालेले एकपटकमा ५० जनालाई मतदान गर्न पठाइरहेको छ। भित्र मतदान जारी रहँदा च्यासलस्थित मतदान केन्द्रबाहिर कार्यकर्ताहरु नाचगान गरिरहेका छन्। 

थोरै कार्यकर्ताले मात्रै आफ्नो पक्षका उम्मेदवारको नाममा नाराबाजी गरेका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .