राजनीति


भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

नेपालखबर
असोज १९, २०८० शुक्रबार १४:५९, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन्। 

उनी नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार बझाङ पुगेका हुन। प्रधानमन्त्री दाहालले भूकम्पले बढी क्षति गरेका बझाङका केही स्थानको अवलोकलन गर्नेछन्।

त्यसपछि  जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तक्रिया गर्ने लगायत कार्यक्रम तय भएको छ। 

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो।

केही घाइते भएका थिए भने भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .