ad ad

राजनीति


डडेल्धुरा पुगेर ‘जय नेपाल’ भन्दै ओलीले गरे देउवालाई फोन (भिडिओ)

डडेल्धुरा पुगेर ‘जय नेपाल’ भन्दै ओलीले गरे देउवालाई फोन (भिडिओ)

गोकुल जोशी
मंसिर १५, २०८० शुक्रबार ८:५०, कञ्चनपुर

मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन्।

बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को उद्घाटन गरेर अघि बढेको अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा पुगेको हो।

नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेपछि ओलीले देउवालाई टेलिफोन सम्पर्क गरेका छन्।

ओलीले देउवासँग टेलिफोनमा वार्तालाप गरिरहेको भिडिओ सामाजिक सञ्जालमा साझा गरेका छन्। 

‘सुन्दर डडेल्धुरा !!, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो,’ ओलीले सामाजिक लेखेका छन्, ‘उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी!’

डडेल्धुराको अमरगढीमा बास बसेका ओली शुक्रबार डोटीको सिलगढीका लागि निस्किनेछन्। डडेल्धुराको अमरगढीमा ओलीले कार्यकर्तासँग भेटघाट गर्ने तय भएको छ। 

‘ठूलो आमसभा तोकिएको छैन। यहाँ उपलब्ध कार्यकर्तासँग भेटघाट गरेर सिलगढीतर्फ जाने कार्यक्रम छ,’ एमालेका नेता दामोदर भण्डारीले भने।

झुलाघाटदेखि सुरु भएको पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ। 

मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ। त्यहाँ आमसभाको पनि आयोजना गर्ने एमालेको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .