प्रविधि


उमेर प्रमाणित गर्न भिडिओ सेल्फीको परीक्षण गर्दै इन्स्टाग्राम

उमेर प्रमाणित गर्न भिडिओ सेल्फीको परीक्षण गर्दै इन्स्टाग्राम

नेपालखबर
असार १२, २०७९ आइतबार १२:३६, काठमाडौँ

इन्स्टाग्रामले किशोरकिशोरीको उमेर प्रमाणित गर्न र प्लेटफर्मको अन्य नियम पालना गराउन नयाँ तरिका प्रयोग गर्ने तयारी गरेको छ।

मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले भिडिओ सेल्फीका परीक्षण गर्ने भएको हो। जसमा अनुहार पहिचान गर्ने सफ्टवेयर पनि हुनेछ। जसलाई इन्स्टाग्रामले नयाँ एज–भेरिफिकेसन विधिको रुपमा प्रयोग गर्नेछ। 

केही प्रयोगकर्ताले आफ्नो उमेर बढाएर आफूलाई १८ वर्षभन्दा धेरै उमेरको देखाएको भन्दै इन्स्टाग्रामले उमेर पहिचान गर्ने नयाँ  उपाय अपनाउन लागेको हो। 

इन्स्टाग्रामले अमेरिकामा भने उमेर प्रमाणित गर्न तीन किसिमको तरिका उपलब्ध गराउनेछ, जसमा परिचयपत्र देखाउने, तीन वयस्क व्यक्तिहरुलाई सोध्ने वा भिडियो सेल्फीको प्रयोग गर्ने रहनेछन्। अहिले ल्याइएको नयाँ योजनाले किशोरकिशोरीलाई इन्स्टाग्राम प्रयोग गर्दाको सही अनुभव प्रदान गर्न सकिने विश्वास व्यक्त गरेको छ। 

यसअघि इन्स्टाग्राममा बालबालिका तथा किशोरकिशोरीको सुरक्षाको विषयमा प्रश्न उठ्दै आएको थियो।

गत वर्ष केही अमेरिकी राज्यमा बालबालिकाको इन्स्टाग्राम चलाउँदाको अनुभवको विषयमा कम्पनीले मुद्दाको सामना गरेको थियो।  त्यसैले इन्स्टाग्रामले बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै नयाँ योजना अघि सारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .