प्रविधि


चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल

चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल

नेपालखबर
असोज ३, २०७९ सोमबार ७:३०, काठमाडौँ

चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ।

सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ।

चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्याङ्क प्राप्त गरेको छ।

तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन्। सन् २०२१ को मे १५ मा मंगलग्रहको विशाल मैदान युटोपिया प्लेनिटियामा चीनले पहिलो पटक पृथ्वीमा यान अवतरण गरेको थियो।  रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .