प्रविधि


पहिले उड्ने र पछि समुद्रमा तैरेर जहाजमा आक्रमण गर्ने क्षेप्यास्त्र बनाउँदै चीन

पहिले उड्ने र पछि समुद्रमा तैरेर जहाजमा आक्रमण गर्ने क्षेप्यास्त्र बनाउँदै चीन

दक्षिण चीन सागरमा जहाजमा आक्रमण गर्ने एक क्षेप्यास्त्र प्रक्षेपण गर्दै चिनियाँ युद्धपोत


नेपालखबर
असोज ४, २०७९ मंगलबार १८:२०, काठमाडौँ

चीनले पहिले आकासमा उडेर जाने र पछि समुद्रमा तैरिएर जहाजमा आक्रमण गर्नसक्ने सुपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेको सो परियोजनामा सहभागी अनुसन्धाताहरुले बताएका छन्।

५ मिटर लामो सो क्षेप्यास्त्र आवाजको गतिभन्दा २.५ गुणा छिटो १० हजार मिटरको उचाइमा पुग्नेछ, जुन उचाइमा यात्रुवाहक विमानहरु उड्ने गर्छन्। यही गतिमा २ सय किलोमिटर पार गरेपछि सो क्षेप्यास्त्र समुद्रमा झर्नेछ र २० किलोमिटरसम्म तैरेर निसानामा प्रहार गर्नेछ।

निसानाको १० किलोमिटर नजिक पुगेपछि यो क्षेप्यास्त्र टर्पेडो मोडमा जानेछ र पानीमुनि प्रतिसेकेन्ड १० मिटरको गतिमा अघि बढ्नेछ। चाहेको बेला यसले दिशा परिवर्तन गर्ने र पानीभित्रको प्रतिरक्षा प्रणाली छल्न सय मिटर मुनिसम्म पुग्न सक्छ।

यो क्षेप्यास्त्र विकास गरिरहेको टोलीका प्रमुख वैज्ञानिक ली पेङफेइ यस्तो खालको क्षेप्यास्त्रको आक्रमण रोक्न कुनै पनि प्रतिरक्षा प्रणाली विकास नभएको बताउँछन्। 

यो क्षेप्यास्त्र बनाउन वैज्ञानिकहरुको सबैभन्दा ठूलो चुनौती उर्जा रहेको बताइएको छ। तर, त्यसलाई पानी र हावा दुवैसँग प्रतिक्रिया जनाउने बोरोनको प्रयोग गरेर समाधान गर्न सकिने उनीहरुको भनाइ छ।

हुनान प्रान्तको चाङ्सास्थिति नेसनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीको यो वैज्ञानिक टोलीले सेप्टेम्बर ८ मा क्षेप्यास्त्रको ब्लुप्रिन्ट सार्वजनिक गरेको छ। एससीएमपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .