प्रविधि


मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण

मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण

नेपालखबर
असोज १६, २०७९ आइतबार १२:१२, काठमाडौँ

लामो समयदेखि वैज्ञानिकहरु अन्तरिक्षमा पानीको खोजी गरिरहेका छन्।

मानव जीवनको अस्तित्व नै पानीमा निर्भर हुने भएकाले पनि पानीमा वैज्ञानिकको चासो धेरै भएको हो। यसैबीच वैज्ञानिकहरुले मंगल ग्रहमा पानी भएको हुन सक्ने अर्को प्रमाण फेला पारेका छन्। यसलाई मंगल ग्रहको यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।

यो अध्ययन युनिभर्सिटी अफ क्याम्ब्रिजको नेतृत्वमा गरिएको हो। यसमा राडारबाहेकका विवरणको प्रयोग गरिएको थियो। अध्ययनका अनुसार मंगलको दक्षिणी ध्रुवको आइस क्यापमुनि पानी हुन सक्ने देखिएको हो। 

पछिल्लो समय मानिसको ध्यान चन्द्रमा पछि मंगल ग्रहमा भएकाले पनि यो खोजलाई महत्वपूर्ण मानिएको छ। यो अध्ययनमा सहभागी युनिभर्सिट अफ शेफिल्डकी फ्रान्सिस बुचरले भनिन्, ‘यो अध्ययनले मंगल ग्रहमा जमिनमुनि रहेको पानीबारे अहिलेसम्मकै सबैभन्दा राम्रो संकेत दिएको छ।

पृथ्वीमा पाइने सबग्लेसियल लेक (हिउँले ढाकिएको क्षेत्र, जहाँ हिउँमुनि पानी हुन्छ) मंगल ग्रहमा पनि पाइएको छ। यस्तोमा उक्त हिउँले ढाकिएको भागमुनि पानी पनि हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्।

यद्यपि यसको अर्थ मंगल ग्रहमा मानव जीवनको अस्तित्व सम्भव छ भन्नेचाँहि होइन। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .