प्रविधि


फेसबुकमा समस्या, जुकरवर्गकै फलोअर ९ करोडबाट ९ हजार

फेसबुकमा समस्या, जुकरवर्गकै फलोअर ९ करोडबाट ९ हजार

नेपालखबर
असोज २६, २०७९ बुधबार ९:५२, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। फेसबुक बगको समस्याको कारण धेरैको पेजमा फलोअर्स ह्वात्तै घटेका छन्।

फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफैं पनि यो समस्याको सिकार बनेका छन्। उनको फलोअरको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ। यसअघि उनको फलोअर्सको संख्या करिब ९ करोडको हाराहारीमा थियो। 

त्यस्तै नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पनि आफ्नो पेजमा फलोअर्स घटेको गुनासो गरेका छन्। उनले भनेका छन्, ‘ मेरो २ लाख ९४ हजार फलोअरबाट ९९०० फलोअरमा झारीदिएको देखिन्छ। फेसबुक कम्पनी मेटा नै कसैले ह्याक गरिदिएजस्तो छ।’ 

यद्यपि पछि उनले अर्को एउटा पोस्ट गर्दै वास्तविकतामा नघटेको भए पनि प्रोफाइल हेर्दा मात्र फलोअर्स कम देखिएको उल्लेख गरेका छन्।

यसअघि पनि फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो फलोअर्स उल्लेख्य संख्यामा घटेको भन्दै गुनासो गर्दै आएका थिए।

फेसबुक बगले नक्कली खाताहरु हटाउँदा त्यस्तो खाता भएका फलोअर्स घटेको हुन सक्ने फेसबुकले बताउँदै आएको थियो। तर, जुकरवर्गकै फलोअर्स केवल ९ हजार ९९९ मा झर्नुले भने फेसबुकको प्रविधिमाथि नै प्रश्न उठेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .