प्रविधि


प्लेस्टोरमा भेटिने यी १२ एप, जसले तपाईंको बैंकबाट चोर्न सक्छन् पैसा

प्लेस्टोरमा भेटिने यी १२ एप, जसले तपाईंको बैंकबाट चोर्न सक्छन् पैसा

नेपालखबर
बैशाख २४, २०८० आइतबार ११:१४, काठमाडौँ

एन्ड्रोइड स्मार्टफोनमा सधैँ कुनै न कुनै यस्ता एप भेटिन्छन्, जसले फोनलाई असर गर्ने मात्रै होइन, व्यक्तिगत डेटा पनि चोरी गरिरहेका हुन्छन्।

उसो त केही फोन निर्माता कम्पनीले यस्ता एप इन्स्टल रोक्ने प्रविधि अपनाएका हुन्छन्, तर पनि यस्ता समस्या देखिने क्रम रोकिएको छैन। एक नयाँ रिपोर्ट गुगल प्लेस्टोरमा १२ यस्ता एप छन् जसले निजी डेटा र बैंकिङ डिटेल चोरिरहेको तथ्य सार्वजनिक भएको छ। यस्ता एप ६ लाख बढीले इन्स्टल गरेका छन्।

हालै साइबर सुरक्षा कम्पनी कासपर्स्कीले पत्ता लगाएको तथ्यअनुसार एक वर्षयता त्यस्ता एप प्लेस्टोरमा सक्रिय छन्।

थाइल्यान्ड, मलेसिया, इन्डोनोसिया, सिंगापुर र पोल्याण्डमा यस्ता एप बढी सक्रिय छन्, तर विश्वभरका प्रयोगकर्ता केही न केही रूपले प्रभावित छन्।

मोबाइलमा रहेका बैंकिङ एपबाट पैसा समेत चोर्न सक्ने त्यस्ता १२ एप यस प्रकार छन्, जसलाई तत्काल फोनबाट डिलिट गर्न आवश्यक भएको साइबर सुरक्षा कम्पनी कासपर्स्कीले सुझाएको छ।

१) इम्प्रेसनिजम प्रो क्यामेरा 
२) जीआईएफ क्यामेरा इडिटर प्रो 
३) एचडी फोरके वालपेपर
४) फिङ्गरटिप ग्राफिटी 
५) माइक्रोलिप भिडिओ इडिटर 
६) ब्युटी क्यामेरा प्लस 
७) ब्युटी फोटो क्यामेरा 
८) ब्युटी स्लिमिङ फोटो इडिटर
९) फोटो क्यामेरा इडिटर 
१०) फोटो इफेक्ट इडिटर 
११) नाइट मोड क्यामेरा 
१२) फाइटिङ एन्ड्रोइड माल्व 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .