प्रविधि


अन्तरिक्षमा २७६ दिन बिताएर फर्कियो चीनको रहस्यमयी यान

अन्तरिक्षमा २७६ दिन बिताएर फर्कियो चीनको रहस्यमयी यान

अमेरिकी वायु सेनाको बोइङ–३७बी। चिनियाँ यानको आकार र डिजाइन यस्तै भएको विज्ञहरुको अनुमान छ।


नेपालखबर
बैशाख २५, २०८० सोमबार १७:५३,

चीनको एउटा रहस्यमयी यान अन्तरिक्षमा २७६ दिन बिताएर फर्केको छ। पुनः प्रयोग गर्न मिल्ने सो यान सोमबार बिहान अवतरण गरेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

झण्डै तीन वर्षअघि पहिलो उडान भरेको सो मानवरहित यानले अन्तरिक्षमा दुई दिन बिताएको थियो।

चीनको सबैभन्दा ठूलो अन्तरिक्ष कम्पनी चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनले यो गुप्त मिसनलाई ‘पूर्ण सफल’ भनेको छ। पुनःप्रयोग गर्न सकिने अन्तरिक्ष यान विकासमा यो ठूलो सफलता भएको उसको भनाइ छ।

तर, यो यानबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन। यसबारे चिनियाँ अन्तरिक्ष अधिकारीहरुले कुनै विवरण वा तस्बिर सार्वजनिक गरेका छैनन्।

कतिपयले यसलाई जासुसीका लागि आधुनिक प्रविधि जडित यान भएको शंका पनि गरेका छन्।

धेरैले यसको आकार र डिजाइन अमेरिकी वायु सेनाको बोइङ–३७बी जस्तै भएको अनुमान गरेका छन्। सो अमेरिकी विमान ९०८ दिन अन्तरिक्षमा बिताएर गत वर्ष अवतरण गरेको थियो। २०१० मा उडान सुरु गरेयता यो त्यसको पाँचौँ उडान थियो।

सो विमान ९ मिटर लामो र ३ मिटर अग्लो भएको बताइन्छ।

मानवरहित अन्तरिक्ष यान सस्तो हुन्छ। किनभने त्यसभित्र मानिसलाई बाँच्न आवश्यक वातावरण तयार गरिराख्नु पर्दैन। त्यस्तै सानो हुनाले साना रकेटबाट पनि तिनलाई प्रक्षेपण गर्न सकिन्छ। 

पुनः प्रयोग गर्न मिल्ने रकेटले अन्तरिक्षसम्मको यात्रालाई अझ सस्तो बनाउँछ। तर, हालसम्मका अधिकांश अन्तरिक्ष यान एक पटक मात्र प्रयोग गर्न मिल्नेगरी बनाइएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .