ad ad

प्रविधि


३७१ दिन अन्तरिक्षमा बसेर फर्किए यी अमेरिकी, बनाए कीर्तिमान

३७१ दिन अन्तरिक्षमा बसेर फर्किए यी अमेरिकी, बनाए कीर्तिमान

नेपालखबर
असोज ११, २०८० बिहिबार १९:४२, काठमाडौँ

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियो कीर्तिमानी ३७१ दिन अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। उनीसँगै दुई रुसी अन्तरिक्ष यात्री पनि फर्किएका छन्।

रुबियोको अन्तरिक्ष यात्रा १८० दिनको मात्रै थियो तर उनको अन्तरिक्ष यान स्पेस जंकसँग ठोक्किएर केही समस्याको सामना गर्नुपरेको थियो।

योसँगै यात्रा ३ सय ७१ दिन पुगेको हो। तर रुबियोको नाममा एक कीर्तिमान पनि बन्यो। उनी सबैभन्दा धेरै दिन अन्तरिक्षमा बिताउने अमेरिकी अन्तरिक्ष यात्री बनेको बीबीसीले लेखेको छ। 

अन्तरिक्षमा धेरै समय बिताएपछि जब उनी पृथ्वीमा फर्किए, तब उनको लागि रिकभरी टोली त्यहाँ उपस्थित थियो।

कम गुरुत्वाकर्षणको वातावरणमा लामो समयसम्म बस्दा उनको शरीरमा असर परेको हुनुपर्छ र त्यही भएर रिकभरी टोलीले उनलाई गाडीबाट बाहिर निकालेको हो।

उनको यात्राले मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्ष उडानमा बाँच्नसक्छ भन्ने बारे धेरै महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ। यस यात्राले उनको मांसपेशी, मस्तिष्क र शरीरको पाचन प्रणालीलाई पनि असर गर्नसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .