प्रविधि


टेस्लाले ल्यायो साइबरट्रक, मूल्य ६१ हजार डलर

टेस्लाले ल्यायो साइबरट्रक, मूल्य ६१ हजार डलर

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १५:३८,

टेस्लाले साइबरट्रक नामक इलेकट्रिक पिकअप बजारमा ल्याएको छ। टेस्लाले चार वर्षमा पहिलो पटक नयाँ मोडेल ल्याएको हो। 

सीईओ इलोन मस्कले टेक्ससमा ग्राहकहरुलाई ट्रक हस्तान्तरण गरे।

तत्काल ठूलो मात्रामा यसको उत्पादन गर्न नसकिने बताए। यो वाहन बेचेर राम्रो आम्दानी गर्न १८ महिनासम्म लाग्नसक्ने उनले बताए।

यसको मूल्य ६० हजार ९९० डलरबाट सुरु हुनेछ। जुन २०१९ मा मस्कले भनेभन्दा ५० प्रतिशत ज्यादा हो।

यो १९७७ को जेम्स बन्ड फिल्म द स्पाइ हु लभ्ड मीबाट प्रेरित भएको बताइएको छ।

२०१९ मा मस्कले यो वाहन ४० हजार डलरमा आउने बताएका थिए। एक पटक चार्ज गर्दाल ५०० माइल दौडिने दाबी पनि उनले गरेका थिए।

तर, उनले भनेभन्दा दुई वर्ष ढिला साइबरट्रकको डेलिभरी सुरु गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .