समाज


मोरङमा २ र ललितपुरमा १ जनाको हत्या एकै समूहबाट, एकजना पक्राउ

सिरहाका अनिलकुमार मण्डल पक्राउ परे
मोरङमा २ र ललितपुरमा १ जनाको हत्या एकै समूहबाट, एकजना पक्राउ

ललितपुरको धापाखेलमा गाडेको अवस्थामा शव भेटिएका तेह्रथुमका मोहन लिम्बु। तस्बिर : नेपाल प्रहरी


उजिर कार्की
माघ २०, २०७८ बिहिबार १९:२०, काठमाडौँ

मोरङको धनपालथान-७ बोर्डिङ टोलको उखुबारीमा २ जना र ललितपुरको गोदावरी नगरपालिका-१२ धापाखेलमा एक जनाको एउटै समूहमा हत्या भएको खुलेको छ।

करिब एक महिनाअघि नै हत्या गरेर मोरङमा दुईजना र ललितपुरमा एकजनालाई गाडेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

मोरङमा गाडिएका दुई शव निकालेर प्रहरीले गरेको अनुसन्धानका क्रममा ललितपुरमा पनि अर्को व्यक्तिको हत्या गरेको खुलेको हो। 

ललितपुरको धापाखेलमा व्यवसायी तेह्रथुम घर भइ पेप्सीकोला बस्दै आएका मोहन लिम्बुको शव बिहीबार फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

यो घटना अनुसन्धानका लागि मोरङका प्रहरी प्रमुख जनार्दन जिसी पनि एक सातादेखि काठमाडौँमै थिए। अहिले शव भेटिएको स्थानमा जिसी, अपराध महाशाखाको टोली र ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाह पुगिसकेका छन्। 

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए। पक्राउ पर्नेमा सिरहाका अनिलकुमार मण्डल रहेका छन्। 

उनकै बयानका आधारमा ललितपुरको धापाखेलमा पनि लिम्बुको हत्या गरेर गाडिएको खुलेपछि प्रहरीले शव उत्खनन् गरेको हो। 

पक्राउ परेका मण्डललाई बिहीबार नै मोरङ पठाइएको छ। यी दुवै घटनामा मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .