समाज


लिम्बुको शव घरभित्र गाड्ने प्रयास असफल भएपछि बाहिर गाडेर ढलान (तस्बिरहरु)

लिम्बुको शव घरभित्र गाड्ने प्रयास असफल भएपछि बाहिर गाडेर ढलान (तस्बिरहरु)

मोहन लिम्बुको शव भेटिएको स्थानमा प्रहरी। तस्वीरः विक्रम राई/नेपालखबर


उजिर कार्की
माघ २०, २०७८ बिहिबार २०:४१, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिका १२ थेचो बसपार्क नजिकै हत्या गरिएका तेह्रथुमका मोहन लिम्बुको शव घर भित्रै गाड्ने प्रयास गरेको देखिएको छ। घरभित्र गाड्ने प्रयास असफल भएपछि घरको आडमा गाडेर ढलान गरेको अवस्थामा शव फेला परेको हो। 

‘घरभित्रै एउटा कोठामा शव गाड्न खनेका रहेछन्। तर ढलान फुटाउन नसकेपछि बाहिर गाडेर सिमेन्ट ढलान गरिदिएछन्’, घटनास्थलमा रहेका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले भने। 

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिल मण्डलले लिम्बुको शव रहेको स्थान बताएपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली थेचो पुगेको थियो। 

मण्डलले आफू बस्ने घरभित्रै लिम्बुको शव गाड्ने प्रयास गरेको पाइएको हो। मण्डलले त्यो एकतले घर भाडामा लिएका थिए। 

मोरङमा शव भेटिएका दुईजनाको भन्दा पहिले नै लिम्बुको हत्या गरेको खुलेको छ। मंसिर २८ गते लिम्बुको हत्या गरेपछि पुस ५ गते सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या र पुस ७ गते सप्तरीका शम्भु चौधरीको हत्या गरेको खुलेको हो। 

मृतक तीनै जना व्यवसायी हुन्। उनीहरु एउटै समूहमा घरजग्गाको कारोबार गर्थे। 

आर्थिक कारण हत्या गरेको आशंका गरिएपनि अहिलेसम्म खुलिसकेको छैन। 

प्रहरीले मण्डलसहित तीन जनालाई पक्राउ गरेको छ। हत्यामा भारतीयको पनि प्रयोग गरेको खुलेको छ। तर उनीहरु भने फरार छन्। 

मण्डललाई अपराध महाशाखाले काठमाडौंबाट र अरु २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .