समाज


महाबौद्ध गुम्बाको मूर्ति चोरी, दानपेटिका समेत छाडेनन् चोरले

महाबौद्ध गुम्बाको मूर्ति चोरी, दानपेटिका समेत छाडेनन् चोरले

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ५:५६,

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी इन्। गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन्।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन। उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताइन्। बिहान ४ः०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .