समाज


कम्मरमा लुकाएर सुन ल्याउने दुई महिला पक्राउ

कम्मरमा लुकाएर सुन ल्याउने दुई महिला पक्राउ

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ७:३८,

सीमा प्रहरी चौकी टिमुरेले सुन तस्करीमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ। प्रहरीले रसुवाको केरुङ नाकाबाट नेपाल ल्याइँदै गर्दा सुनसहित दुई महिलालाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका १ का थो माया तामाङ र म माया तामाङ रहेका छन्।

दुई दिनअघि केरुङ गएका उनीहरुले लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उनीहरुले कम्मरमा लुकाएको सुन फेला परेको थियो।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले दुवै महिलाले सुनलाइ प्लाष्टिक र कालो टेपले बाँधेर कम्मरमा लुकाएर ल्याएको बताए।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा सुन बरामद भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .