समाज


सरकारले सशस्त्र प्रहरीमा थप्यो एआईजीको दरबन्दी

सरकारले सशस्त्र प्रहरीमा थप्यो एआईजीको दरबन्दी

नेपालखबर
भदौ २८, २०७९ मंगलबार २२:५९, काठमाडौँ

सरकारले सशस्त्र प्रहरी बलमा एकजना एआईजीको दरबन्दी थपेको छ।

कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एकजना एआईजीको दरबन्दी थप गरिएको हो।

प्रहरी महानीरिक्षक राजु अर्याल र नेपाल प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका गएको समय त्यो दरबन्दी थपेको खुलेको छ। 

एकजना एआईजीको दरबन्दी थपिएको पत्र गृहमन्त्रालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हलचोकमा पुगिसकेको बताइएको छ। 

अर्याल अमेरिकामै रहँदाको समय गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट एआईजीको एउटा दरबन्दी थप्ने निर्णय भएको हो।  

उक्त मन्त्रिपरिषद् बैठकको निर्णयसहितको पत्र हलचोक पुगेको हो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल प्रहरी र सशस्त्र दुवैतिर एआईजीको दरबन्दी कटौती गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .