समाज


कालिगण्डकी नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

कालिगण्डकी नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार २०:१, स्याङजा

स्याङजा जिल्लाको गल्याङ्ग नगरपालिका–१ स्थित राम्दी पुलबाट कालिगण्डकी नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

शुक्रबार हरिबोधनी एकादशी स्नान गर्न गएका सोही जिल्लाको भिरकोट नगरपालिका १ बयरघारी बस्ने ३७ वर्षीय ईश्वर दर्जी नदीमा हाम फालेका थिए।

सो घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो। 

उद्धार पश्चात उनलाई प्रहरी चौकी राम्दीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .