समाज


जाजरकोटमा जीप दुर्घटना : कम्तीमा ९ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

जाजरकोटमा जीप दुर्घटना : कम्तीमा ९ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

दुर्घटनामा परेको जीप। तस्बिर : नेपालखबर


दिनेश बुढा
मंसिर २६, २०७९ सोमबार १८:३३, सुर्खेत

जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आइतबार अपरान्ह करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो। 

छेडागाड नगरपालिका–३ नम्बरका वडाअध्यक्ष गणेशबहादुर थापाका अनुसार विहे सकेर घर फर्किहरु बोकेको जीप दुर्घटनामा परेको हो।

मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न‌ं. ४ र ५ को बीचमा पर्ने भीरपाटीमा जीप दुर्घटनामा परेको हो।

जीप सडकबाट २०० मिटर थल खसेको छ। जीपमा सवार १२ जनामध्ये ९ जनाको मृत्यु भएको थापाले जानकाी दिए।

‘जीपमा सवार मध्ये ९ जनाको मृत्यु भएको छ। तीन जनालाई तत्काल उद्वार गरेर उपचारका लागि नेपालगञ्जतर्फ पठाइएइको छ। मतृकहरुको सनाखत गर्ने काम भईरहेको छ,’ उनले भने। 

उनका अनुसार छेडागाड–४ खातिजेवामा विवाहबाट उक्त जीप फर्किएएको बुझिएको छ।

उक्त जीपमा सवारमध्ये एक जना बिरामी भएर उपचारका लागि छेडागाड नगरपालिका–५ थलह आउँदै थिए।

जीपमा सवार सबैजना रातिको विवाहका कारण अनिदो भएकाले दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .