समाज


आईजीपी सिंहको निर्देशन : राजस्व चुहावट, जघन्य अपराध र तस्करी नियन्त्रणमा लाग्‍नुस्

आईजीपी सिंहको निर्देशन : राजस्व चुहावट, जघन्य अपराध र तस्करी नियन्त्रणमा लाग्‍नुस्

नेपालखबर
पुस १८, २०७९ सोमबार १८:१८, काठमाडौँ

प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन्। 

आईजीपी सिंहको उपस्थितिमा प्रदेशस्तरीय शान्ति सु-व्यवस्थासम्बन्धी अर्ध-वार्षिक समीक्षा बैठक सोमबार सकिएको हो।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भएको बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवम् कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न निर्देशन दिए। 

सार्वजनिक सुरक्षा अमनचयन कायम गर्न र संगठको उद्देश्य प्राप्तिका लागि विषम् परिस्थितिमा पनि संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहेकाले त्यहीअनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे। 

सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे।

स्थानीय तहका साथै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीको योगदान सराहनीय रहेको उल्लेख गर्दै उनले अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निष्तेज गर्न सम्पूर्ण प्रहरी
कर्मचारी लाग्नुपर्नेमा उनले जोड दिए।

प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम-कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनले बताए।

बैठकको सुरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रस्तुतीकरणको क्रममा उनीहरूले सुरक्षा चुनौती, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नु परेका चुनौती र
पृष्ठपोषण, समन्वय र सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट र क्षमतावान बनाउन अंगिकार गरिएका नविनतम कार्यहरू लगायत विषयमा विस्तृत जानकारी गराएका थिए। 

बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .