ad ad

समाज


आज काठमाडौँ उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना

आज काठमाडौँ उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार ७:२, काठमाडौँ

आज (मंगलबार) काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो। 

‘यसमा पनि पोखरा र ताप्लेजुङ क्षेत्रमा पानी पर्ने बढी सम्भावना छ भने आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, उनले भने। 

यस्तै आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले बताए।

‘खासगरी पश्चिमी क्षेत्रमा हिमपातको सम्भावना बढी देखिन्छ’, मौसमविद् झाले भने।  

मौसम महाशाखाको बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

तापक्रम
आज बिहान ६:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको जानकारी मौसमविद् झाले दिए।

तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट हुनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .