समाज


‘निजी अस्पताललाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैन’

‘निजी अस्पताललाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैन’

नेपालखबर
चैत २, २०७९ बिहिबार १६:५८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन्।

बिहीवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निजी अस्पताललाई बीमाको जिम्मा दिनु नहुने बताएका हुन्। उनले बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भएपनि सरकारका अस्पतालहरुको उन्नति, प्रगति गर्न सहयोग पुग्ने बताए।

उनले मेडिकल, डेण्टल कलेज, ठूला अस्पतालहरुलाई बीमाको जिम्मा दिन सकिएपनि निजी अस्पताललाई बीमा दिँदा दुरुपयोग भइरहेको बताए।

उनले अहिलेको स्वास्थ्य बीमा बीमा जस्तो नभइ राज्यले सामाजिक दायित्व पूरा गरेको जस्तो भएको बताए। सचिव पोखरेलले बीमामा व्यक्तिले केही मात्रै पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने दाबी गरे।

उनले अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने बताए। यस वर्ष पनि साढे ८ अर्ब भन्दा बढी विमितहरुले सुविधा लिएको पैसा दिन बाँकी रहेको बताए। उनले प्रिमियम उठाउने पैसाले बीमा सञ्चालन गर्न गाह्रो भएको बताए।

उनले बीमामा सरकारका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई नसमेटिएसम्म बीमा परिष्कृत हुन नसक्ने बताए।

सचिव पोखरेलले स्वास्थ्यमा काम गर्नेहरुको सेवा सुविधा बढाउनुपर्ने बताए। उनले काठमाडौंमा पाउने पारिश्रमीक र विकट क्षेत्रमा दिने पारिश्रमीक एउटै भएपछि विकटमा डाक्टरहरु जान नमान्ने गरेको बताए।

उनले डाक्टरहरुलाई सरुवा गर्नेकुरा अहिले सबैभन्दा कठिन बन्दै गएको बताए। उनले एमबीबीएस अध्ययन गर्दैगर्दा जिल्ला तोकिदिए सरुवाका लागि सहज हुने विश्वास व्यक्त गरे। उनले सरुवा गर्नेकुरामा राजनीतिक दबाबहरु आउने गरेकाले कठिन भएको बताए।

उनले दुर्गममा डाक्टर पठाउने कुरा केन्द्रको हातमा नभएकाले प्रदेश लोकसेवाबाट त्यहाँको पदपूर्ति गर्नुपर्ने बताए। सचिव पोखरेलले संघीयताअनुसार डाक्टरको पदपूर्ति हुनुपर्ने बताए।

त्यस्तै, स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमार गुरागाईंले गर्मि महिना शुरु भएसँगै डेंगु लगायतका रोगहरुबाट भयावह अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले मन्त्रालयको स्वास्थ्य विभागले कार्यविधि बनाइसकेको र सबै मिलेर सोही अनुसार शतर्कता अपनाउने हो भने रोगहरुबाट बच्न सकिने बताए। 

सचिव गुरागाईंले गर्मी महिनामा हुने रोगहरुबाट बच्न सरसफाईमा ध्यान दिन आग्रह गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .