ad ad

समाज


अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ चालक कारबाहीमा

अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ चालक कारबाहीमा

नेपालखबर
चैत ९, २०७९ बिहिबार १६:२०, काठमाडौँ

काठमाडौंको कीर्तिपुरमा आज  (बिहिबार)  गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

१ सय १५  भन्दा बढी सवारी साधन चेक गर्दा ह्‍याण्डब्रेक ठीक नभएका १९ ओटा र  लाइटहरू दुरुस्त नभएका ७ ओटा गरी २६ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने छ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको कीर्तिपुर क्षेत्रमा आज खटिएको थियो।

नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .