नागरिक अगुवाहरुले मिटरब्याज पीडितमाथि प्रहरीले गरेको दमनप्रति खबरदारी गरेका छन्।
बुधबार वृहत नागरिक आन्दोलनले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारलाई खबरदारी गरेको हो।
श्याम श्रेष्ठ, खगेन्द्र संग्रौलालगायत नागरिक अगुवाले पीडितसँगै मार्चपास गरेका थिए।
सोमबार रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शनमा निस्किएका मिटरब्याजी पीडितमाथि प्रहरी लाठी बर्साएको थियो। त्यसक्रममा केही पीडितहरुको टाउको फुटेको थियो भने अन्य पनि घाइते भएका थिए। ३० जना पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको हो।
यसलाई लिएर पीडितहरुले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए। दमनबारे छानबिनका लागि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ।
देशका विभिन्न जिल्लाबाट काठमाडाैं आएका मिटरब्याज पीडितहरुले दैनिक प्रदर्शन गरिरहेका छन्।
Shares
प्रतिक्रिया