आज मातातीर्थ औंसी देशैभर आमालाई सम्झिएर, सम्मानमा मीठा-मीठा खानेकुरा खान दिई आमाको मुख हेरी मनाइँदैछ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमालाई सम्झिएर मातातीर्थ औंसी मनाइने गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धार्मिक विश्वास छ।
आमा नभएकाहरू कुण्डमा पुगेर श्राद्ध गर्दै दिवंगत आमालाई सम्झिन्छन्।
मातातीर्थ औंसीको अवसरमा आज चन्द्रागिरि फेंदीस्थित मातातीर्थमा मेला लागेको छ। बिहान सबेरैदेखि मातातीर्थ कुण्डमा लागेको मेलामा दिवंगत आमाको सम्झनामा छोराछोरीले औंसी मनाएका छन्।
हेर्नुहोस् तस्बिरमा:
33
Shares
प्रतिक्रिया