समाज


फ्लाई दुबईको जहाजमा ठोक्किएको थियो चरो

फ्लाई दुबईको जहाजमा ठोक्किएको थियो चरो

नेपालखबर
बैशाख ११, २०८० सोमबार २३:१९, काठमाडौँ

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि हिँडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको छ।

फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिएको थियो। 

विमानस्थलको आकाश छाड्नेबित्तिकै आगो देखिएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो। 

फ्लाई दुबईका प्रवक्ताका अनुसार काठमाडौंबाट उड्ने क्रममा चरा ठोक्किएको थियो। चरो ठोक्किएपछि जहाजबाट बम पड्केको जस्तो आवाज आएको थियो।

नियमानुसार उक्त जहाज काठमाडौंबाट दुबईतर्फ गएको छ। उक्त जहाज स्थानीय समयानुसार मध्यराति १२ बजेर १४ मिनेटमा दुबई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .