समाज


न्यायाधीश न्यौपानेको इजलासमा शरणार्थी प्रकरणका अभियुक्तको बयान सुरु

न्यायाधीश न्यौपानेको इजलासमा शरणार्थी प्रकरणका अभियुक्तको बयान सुरु

फाइल फोटो


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १२:५८, काठमाडौँ

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली भुटानी शरणार्थी प्रकणका अभियुक्तको बयान सुरु भएको छ।

अभियुक्तहरुलाई थुनामा पठाउने कि थुनाबाहिर राख्ने भन्ने आदेश गर्नुअघि इजलासको फाँट नं २५ मा यो मुद्दाका अभियुक्तको बयान लिन थालिएको हो।

अहिले पक्राउ परेकाको बयान सकेर थुनछेक आदेश आउने छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये १६ जना हिरासतमा छन्। बाँकी १४ जना फरार छन्।

रायमाझी र खाँणसहित पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी पक्राउ परेका छन्।

बादलका छोरा प्रतिक र इन्द्रजितका छोरा निरजसहित १४ जना फरार छन्।

उनीहरुविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। एकीकृत कसुरमा थप सजाय समेत हुनेछ।

यो कसुरमा अदालतले थुनाबाहिर पठाउने आदेश गरे उनीहरुलाई सम्पत्ति सुद्धिकरण र भ्रष्टाचारको कसुरमा पक्राउ गरेर अनुसन्धान सुरु गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .