ad ad

समाज


ओडिशा रेल दुर्घटनाका घाइतेलाई रोजगारी खोज्दै सोनु सुद

ओडिशा रेल दुर्घटनाका घाइतेलाई रोजगारी खोज्दै सोनु सुद

नेपालखबर
जेठ २५, २०८० बिहिबार १३:५८, काठमाडौँ

सोनू सूद ओडिशा रेल दुर्घटनाका पीडितहरूको उद्धारमा जुटेका छन्। अभिनेता आफैंले सामाजिक सञ्जालमा एक भिडिओमार्फत यो जानकारी दिएका छन्।

यस दुर्घटनामा लगभग २८८ जनाको मृत्यु भएको छ। योसँगै ९ सयभन्दा बढी घाइते भएका छन्। सोनुले भिडिओमा आफ्नो टोलीले पीडित परिवारलाई सहयोग गर्ने जिम्मेवारी लिएको बताए।

सोनु सूदले ओडिशा रेल दुर्घटना पीडितहरूलाई आफ्नो जीवन पुनः सुरु गर्न मद्दत गर्ने बताएका छन्। पीडित परिवारको लागि जागिर हुनु धेरै महत्वपूर्ण भएकाले उनका कर्मचारीले पीडित परिवारका लागि रोजगारीको अवसर खोजी सुरु गरेका छन्।

हेल्पलाइन नम्बर सुरु गरेको भिडिओमा सोनुले आफूले मद्दतको लागि हेल्पलाइन सुरु गरेको बताएका छन्। जसले गर्दा मानिसहरूले सजिलैसँग आफ्नो टोलीलाई सम्पर्क गर्न र मद्दत माग्न सक्छन्।

अभिनेताले मद्दतको लागि यो नम्बर ९९६७५६७५२० सेयर गरेका छन्। उनले भनेका छन्, ‘तपाईंले यो नम्बरमा सन्देश पठाउन सक्नुहुन्छ र हाम्रो टोलीसँग मद्दत माग्न सक्नुहुन्छ। सन्देश प्राप्त हुने बित्तिकै हाम्रो टोलीले तुरुन्तै जवाफ दिनेछ र काम सुरु गर्नेछ। यो सहयोगले मानिसहरूलाई आफ्नो जीवन ट्रयाकमा फर्काउन मद्दत गर्नेछ।

सोनू सूद चाँडै फिल्म ‘फतेह’मा देखिनेछन्। यो एक एक्शन थ्रिलर फिल्म हो, जुन पञ्जाबमा मात्र आधारित छ। सोनु यो फिल्ममा बलियो खलनायकको भूमिकामा देखिनेछन्। यो फिल्ममा उनीसँगै ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा देखिनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .