झापामा हाइस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कनकाई नगरपालिका–३ सुरुङ्गामा भएको दुर्घटनामा फैलचा गाउँपालिका–७ का ४७ वर्षीय मान बहादुर डेघा लिम्बूको निधन भएको हो।
बा।३ ख ८६३७ नम्बरको हाईस गाडी र म.प्र.०३–२८ प ६३४४ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
हाइस गाडीका चालक फरार छन्। उनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ।
57
Shares
प्रतिक्रिया