ad ad

समाज


कोशी प्रदेशका विभिन्न जिल्लामा खोज तथा उद्धार जारी (तस्बिरहरू)

कोशी प्रदेशका विभिन्न जिल्लामा खोज तथा उद्धार जारी (तस्बिरहरू)

नेपालखबर
असार ५, २०८० मंगलबार १९:१८, काठमाडौँ

यही असार २ गतेदेखिको वर्षाका कारण बाढी तथा पहिरोले जनजीवन प्रभावित भएका इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ।

ताप्लेजुङ जिल्ला, सिदिङ्गवा गाउँपालिका वडा–६ मेहेलेमा गएको पहिरोमा परी घाइते भएका राम कुमार राईलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि विराटनगर लगिएको छ।

साथै सोही गाउँपालिकास्थित गैरीगाउँ ईलाकामा जोखिममा रहेका ७ घरका करिब ३५ जना स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

त्यस्तै, पाँचथर जिल्ला, फिदिम नगरपालिका हेवा खोलास्थित मेची राजमार्गको पक्की पुल तथा तमोर करिडोरमा रहेको बेलिबृज बाढीले बगाई सडक अवरुद्ध भएको छ।

सो खोलामा रहेको झोलुङ्गे पुल समेत क्षति पुर्‍याएको कारण फिदिम नगरपालिकादेखि हिलिहाङ्ग गाउँपालिका हुँदै ताप्लेजुङसम्म आवत जावतमा समस्या परेको हुँदा स्थानीय श्रोत साधनको प्रयोग गरी दैनिक उपभोग्य सामान तथा राहत सामग्री ढुवानी एवं आवत जावत गर्न सकिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ।

साथै, ती स्थानहरुमा अस्थायी प्रयोगको लागि गोरेटो बाटो निर्माण गरिएको छ।

यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको छ।

त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको छ भने संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .