समाज


काठमाडौंको प्रजिअमा जितेन्द्र बस्नेत

काठमाडौंको प्रजिअमा जितेन्द्र बस्नेत

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार १३:३०, काठमाडौँ

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत नियुक्त भएका छन्।

हाल गृहमन्त्रालयको प्रवक्ता रहेका सहसचिव बस्नेलाई घनश्याम उपाध्यायको स्थानमा प्रजिअको जिम्मेवारी दिइएको हो।

काठमाडौंका प्रजिअ उपाध्यायलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको थियो।

बैकुन्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएपछिको स्थानमा उपाध्यायले सचिवको जिम्मेवारी पाएका हुन्। 

काठमाडौंको प्रजिअमा नियुक्त बस्नेत गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको भूमिकामा थिए। 

उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्।

बस्नेत गोरखा, चितवन र पर्साको प्रजिअका रुपमा पनि कार्यरत रहिसकेका छन्। 

त्यसतै प्रदेशतर्फ सचिवको भूमिकामा पनि उनले काम गरेका थिए। उनी भूकम्प प्राधिकरण कार्यालयमा पनि काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .