ad ad

समाज


सय किलो सुन प्रकरण : अनुसन्धानका लागि राजस्वमा खटाइयो एसपी पंगेनी

सय किलो सुन प्रकरण : अनुसन्धानका लागि राजस्वमा खटाइयो एसपी पंगेनी

उजिर कार्की
साउन ८, २०८० सोमबार १९:१२, काठमाडौँ

हङकङबाट भित्रिएको करिब सय किलो तस्करीको सुन प्रकरण अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले प्रहरीसँग सहयोग मागेको छ।

राजस्व अनुसन्धान विभागले उक्त प्रकरण अनुसन्धानका लागि सहयोग माग गर्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। राजस्वको अनुरोध पछि प्रहरी प्रधान कार्यालयले एक जना एसपीलाई खटाएको छ। सोमबार एसपी कृष्णप्रसाद पंगेनीलाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताए।

एसपी पंगेनी प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। उनी त्यसअघि महोत्तरी जिल्ला इन्चार्ज थिए भने उपत्यका अपराध अनुसन्धान ब्यूरो मिन भवनमा पनि काम गरेका थिए।

यसअघि उक्त सुन प्रकरण राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीको सहयोगमा अनुसन्धान गरिरहेको थियो। यस्तै, आफ्नै कर्मचारी सम्मिलित अनुसन्धान समिति बनाएको छ।

साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब सय किलो सुन बरामद गरेको थियो। भन्सार जाँचपास भइसकेको अवस्थामा उक्त सुन बरामद गरेको थियो।

यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। ती मध्ये झण्डै आधा भन्सारका कर्मचारी र एजेन्ट छन्। अझै केही व्यक्ति संलग्न रहेको र थप अनुसन्धान गरिरहेको राजस्वले यसैबीचमा अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको हो।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .